काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीको बैंकक बसाई लम्बिएको छ। आज फर्कने योजनासहित बैंकक गएका ओली बिहिबार मात्र फर्कने भएका छन्।
नियमित स्वास्थ्योपचारका लागि ओली गत २६ गते बैंकक गएका थिए। ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको र थप दुई दिन आराम गरेपछि बिहिबार फर्कने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए। ओलीको बैंककको बुमरुङगार्ड अन्तराष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको उनको सचिवालयले जनाएको छ।
ओली फर्किएपछि एमाले र माओवादी केन्द्रबीच राष्ट्रियसभाको उम्मेदवारको सिट बाँडफाँड तथा प्रदेशका विभिन्न पदहरुको टुंगो लगाउने तयारी छ। ओलीको भ्रमण लम्बिएपछि दुई पार्टीबीचका विभिन्न विषयहरु अनिर्णित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।