इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा सोमबार साँझ अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ५ सुरक्षा अधिकारीको मृत्यु भएको छ। आक्रमणबारे स्थानीय सञ्चार माध्यमले मंगलबार बिहान समाचार प्रसारण गरेका हुन्।
आक्रमणमा परी ६ जना घाइते भएका छन्।
बलुचिस्तान प्रान्तको टुर्बाट जिल्लाको शापोक क्षेत्रमा सुरक्षा अधिकारीलाई लिएर गइरेहको सवारी साधनलाई लक्ष्य गरी बन्दुकधारीले आक्रमण गरेका थिए।
घटना भएको सो स्थान हाल सुरक्षा अधिकारीको नियन्त्रणमा रहेको र आक्रमणकारीलाई नियन्त्रणमा लिन प्रहरीले खोजीकार्य तीव्र पारेको बताइएको छ।
आक्रमणको हालसम्म कसैले जिम्मा लिएका छैनन्। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।