त्रिपोली- लिबियाको राजधानी त्रिपोलीस्थित एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल मिटिगामा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा २० जनाको मृत्यु भएको छ । आक्रमणमा ६३ जना घाइते भएका छन्।
जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन भन्दै लडाकुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी सेना र आक्रमणकारीबीच झडप भएको अधिकारीले बताएका छन्।
झडपका क्रममा भएको गोलाबारीमा परी ६ वटा उडान प्रभावित भएको जनाइएको छ। कति संख्यामा आतंककारी र सर्वसाधारणको मृत्यु भयो भन्नेबारे हालसम्म विस्तृत रुपमा खुल्न बाँकी छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।