• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ता नछाड्ने कांग्रेसको प्रयत्न डुबेको मानिसले सिन्का समातेजस्तो : वामदेव गौतम

64x64
नेपाल लाइभ मंगलबार, माघ २, २०७४  १६:२७
1140x725

भक्तपुर– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिले सरकार नछाडेर कांग्रेसले गरिरहेको आलटाल डुबिरहेको मानिसले सिन्का समातेजस्तो भएको बताएका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता गौतमले संविधानको सानो सिन्कालाई आधार बनाएर सरकार नछाडिएको आरोप लगाए। 

'डुबिरहेको मानिसले बग्दै आएको सानो सिन्कोलाई जोगिन्छु कि भनेर समात्छ रे', उनले भने, 'अहिले त्यो कोसिस भइरहेको छ।'

गौतमले थपे, 'अहिले एमाले र माओवादीको एकता संकल्पलाई तोड्ने प्रयास भइरहेको छ। तोडिसकेपछि कांग्रेसको समर्थनमा नयाँ सरकार बनाउने।'

प्रधानमन्त्रीले कसको बहुमत आएको छ भनेर केही दिनअघि दिएको अभिव्यक्तिलाई गौतमले कटाक्ष गरे। उनले भने– 'वाम गठबन्धनलाई जनताले वरदान दिएर आज बहुमतमा आएको छ। के यति थाहा छैन प्रधानमन्त्रीलाई? नकचरो भएपछि, लाज समाप्त भएपछि जे पनि भन्न मिल्छ?'

निर्वाचन आयोगलाई कठपुतली बनाएर कांग्रेस सभापति तथा प्रधानमन्त्रीले आफ्नो व्याख्या गरेर बसिरहेको गौतमले आरोप लगाए।

'दुई-चार महिना अरु टिकाउने र त्यो भित्र षड्यन्त्र सफल हुन्छ कि भन्नेतिर गइरहनुभएको छ', उनले भने, 'कांग्रेसका निम्ति लोकतन्त्र षड्यन्त्रभन्दा अरु होइन रहेछ भन्ने आजसम्मको इतिहासले प्रस्ट पारिरहेको छ।'

पार्टी एकता कम्युनिस्ट पार्टीमा प्रवेश गरेदेखिको आफ्नो सपना भएको गौतमले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

'त्यो कामको सुरुवात भएको छ, यसमा दुई पार्टीका अध्यक्ष प्रचण्ड र केपी ओलीको सबैभन्दा प्रमुख भूमिका छ', उनले भने,  'त्यो भूमिका सम्पन्न हुनका लागि किलाकाँटीको काम मैले पनि गरेको छु।'

'लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले २०६४ सालमा चार महिनासम्म जितेर आउनेलाई सत्ता सुम्पेन', गौतमले झन्डै एक दशक अघिको घटना सम्झिए, 'तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कम्युनिस्ट पार्टीलाई सत्ता सुम्पनुहुन्न भनेर अनेकौं किसिमको प्रयत्न गर्नुभयो।' 

त्यतिबेलाको सत्ता संघर्षलाई सम्झँदै गौतमले भने, 'माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो भएको थियो। त्यतिबेलाका पार्टी अध्यक्ष झलनाथ खनाललाई कोइरालाले अनेकौं पटक बोलाउनुभयो र तपाईं प्रधानमन्त्रीको निम्ति तयार हुनुहोस्, बहुमत पुर्‍याउने जिम्मा मेरो भयो भन्नुभयो।' 

अन्तर्राष्ट्रिय समर्थन दिलाउने जिम्मा पनि लिने भनेर गिरिजाप्रसादले भनेको उनले थपे। चार महिनाको प्रयास असफल भएपछि मात्रै कोइरालाले सरकार छाडेको गौतमले बताए। अहिले पनि सोही प्रयास भइरहेको उनको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले जनादेश कांग्रेस प्रतिपक्षमा बस्ने र एमाले-माओवादीले सरकार चलाउने भएको गौतमले बताए। 

'यो जनादेशलाई आफूलाई लोकतन्त्रको मसिहा भन्ने कांग्रेसका सभापतिले आलटाल गरेर रोक्न खोज्दै छन्', उनले भने।

गौतमले प्रतिनिधिभाको चुनावमा आफू पराजित हुन्छु भनेर कल्पनै नगरेको पनि बताए। प्रतिनिधिसभाको उम्मेदवार बनेका गौतम बर्दियामा पराजित भएका थिए। 

गौतमले पराजित भएको खबरले आफूलाई रत्तिभर दुःख नलागेको बरु हल्का महसुस भएको अनुभव समेत सुनाए।
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसं... शनिबार, कात्तिक ७, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्