काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अब युवाले नेतृत्व लिनुपर्नेमा जोड दिएका छन्।
अनेरास्ववियूले आयोजना गरेको दुईदिने काठमाडौं उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खनालले नेतृत्व हस्तान्तरण गर्दै लैजानु आवश्यक रहेको उल्लेख गरे।
नेता खनालले वामपन्थीको नेतृत्वमा समय अनुसार संविधानलाई परिष्कृत गर्दै लगिने बताए।
उनले नेपालको सीमांकन अझै नटुंगिएकामा दुःख व्यक्त गर्दै भने, 'सन्धि सम्झौताले हाम्रो यो सिमाना भन्न सक्छौं। तर, अझै पनि सुस्ता र कालापानी जस्ता धेरै ठाउँमा सीमा विवाद छ। अब ती सिमाना कूटनीतिक रुपमा समाधान गर्नुपर्छ।'
कार्यक्रममा पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले ‘महिला आन्दोलन’ र बुद्धिजीवी खगेन्द्र प्रसाईंले ‘आजको सन्दर्भमा मार्क्सवादको आवश्यकता’ विषयमा प्रशिक्षण दिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।