काठमाडौं– सरकारले प्रदेश प्रमुख तोक्न ढिलाइ गरिरहँदा निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गर्ने भएको छ।
आयोगले राष्ट्रिय जनता पार्टी (राजपा) र राप्रपा बाहेकका दलहरुले बुझाएको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको हो।
संविधानमा प्रदेशसभाको अन्तिम नामावली प्रदेश प्रमुखलाई बुझाउने व्यवस्था भए पनि सरकारले प्रमुख नियुक्त नगरेका कारण सार्वजनिक मात्रै गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए।
आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत प्रदेशमा सिट पाउने अन्य दलहरुका सांसदहरुको अन्तिम सूची सार्वजनिक गर्न लागेको हो।
तर, राजपा र राप्रपाको सूची भने सार्वजनिक गरिने छैन। राजपाले संविधानले तोकेको क्लस्टर तल–माथि पार्दै सूची बुझाएको र राप्रपाले क्रमसंख्या नमिलाएकाले उनीहरुको रोकिने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।