काठमाडौं– प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सोमबार अपराह्न बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमतिको अन्तिम प्रयास गरे पनि त्यो सफल हुन नसकेपछि मन्त्रिपरिषद् बैठक भोलिका लागि सरेको हो।
सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री देउवाले एमाले र माओवादी केन्द्रका नेतासँग औपचारिक संवादको प्रयास गरे पनि आज त्यो सफल हुन सकेन। सोही कारण मन्त्रिपरिषद् बैठक भोलि बिहान ९ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
दलिय सहमति जुट्न नसक्दा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाइ गरेको छ।
एमाले र माओवादी केन्द्रले संवैधानिक रुपमा प्रदेश प्रमुख र अस्थायी राजधानी निर्धारण गर्ने अधिकार सरकारलाई मात्र भएको बताउँदै त्यसमा आफ्नो सहमति नचाहिने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।