ललितपुर– ललितपुरमा शौचालयभित्र लडेर महिलाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका–३ धोबिघाट बस्ने ६५ वर्षीया नर्बदा राणाको मृत्यु भएको हो।
आफ्नै घरको शौचालयमा सोमबार बेलुका लडेपछि उनी बेहोस भएकी थिइन्। घरका परिवारले अस्पताल पु¥याउने क्रममा बाटोमै उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरमा डिएसपी नरेन्द्र चन्दले बताए।
शव पोष्टमार्टममा पठाइएको र घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। शौचालयमा चिप्लिएर लडेर मृत्यु हुने घटना बारम्बार हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।