पोखरा- कास्की प्रहरीले बालयौन दुराचारमा संलग्न एक जना विदेशी नागरिकलाई पक्राउ गरेको ५। मंगलबार पोखरा महानगरपालिका-६ डिहिगो पाटनस्थित एक घरमा डेरा लिई बसोवास गर्दै आएका पासपोर्ट विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इ-४०१८९९८ नम्बरको पासपोर्टधारी ६२ वर्षीय अष्ट्रेलियन नागरिक थोमस अल्फ्रेड बेरीम्यान रहेका छन्।
उनलाई आर्थिक अवस्था कमजोर भएका नाबालकहरुलाई ल्याई लोभलालच र प्रलोभनमा पारी बालयौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गर्दै गरेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।