काठमाडौं– बारामा एक व्यक्ति कन्चटमा चोट लागेको अवस्थामा मृत फेला परेका छन्। बाराको सुवर्ण गाउँपालिका–१ बगहीको नहरमा एक व्यक्ति मृत फेला परेको प्रदेश २ का डिआइजी प्रधुम्न कार्कीले नेपाल लाइभलाई जानकारी दिए।
मृतकको सनाखत हुन सकेको छैन। अन्दाजी २६/२७ वर्षका रातो वर्णका तराई मुलको जस्तो देखिने व्यक्ति मृत फेला परेका हुन्। उनको कन्चटमा गोली लागे जस्तो देखिएको प्रहरीले जनाएको छ। यद्यपी गोली हो वा होइन परीक्षण भइसकेपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।