पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडित एक व्यक्तिलाई प्रवासी समाज, मलेसियाले आर्थिक सहयोग गरेको छ।
फालेलुङ–३ बस्ने क्यान्सर रोगबाट पीडित कालुराम राईलाई प्रवासी समाज मलेसियाले रु एक लाख १२ हजार ६२१ सहयोग प्रदान गरेको हो। राईलाई समाजका अध्यक्ष राजेन्द्र चोङबाङ साँवासहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको हो। विपन्न परिवारका राईको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सहयोग हस्तान्तरण गरिएको अध्यक्ष साँवाले बताए।
उक्त सहयोग पाएपछि राईले खुसी व्यक्त गर्नुभएको छ। उनले यो सहयोगले आफनो उपचारमा थप मद्दत पुगेको र आफू छिट्टै स्वस्थ बन्ने विश्वास समेत व्यक्त गरे। फालेलुङ गाउँपालिका–३, का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।