रत्ननगर, चितवन- चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ।
बिहान साढे ३ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५ सय वटा कुखुराका चल्लासहित रु पाँच लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दाना तीन बोरा, तोरी तीन बोरा, राज्मा एक बोरा, काठ तथा खोर लगायत गरेर रु पाँच लाखको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ।
स्थानीयको सहयोगमा प्रहरीले रातीनै आगो निभाएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।