गौशाला- महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण तीन वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा तीन वर्षीय मोहित ठाकुर रहेका छन्।
पाँच दिनअगाडि आफ्नै घरमा खेलिरहेका बालक ठाकुर चिसो लागेर अचानक बिरामी भई लडेका थिए। उनलाई उपचारका लागि भारत बिहारको सीतामढी जिल्लाको पुपरी लगिएको थियो। उनको चिसोकै कारण श्वासप्रश्वास अवरुद्ध भएर मृत्यु भएको उनकी हजुरआमा प्रेमा देवीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।