काठमाडौं– पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले बिहिबार सार्वजनिक बिदाको निर्णय गरेको छ। बिहिबार बिदेशमा रहेका नेपाली दुतावासहरु समेत बन्द रहने गृह मन्त्रालयले जनाएको छ।
सरकारले एक महिनाअघि नै बिदाबारे निर्णय गरिसकेको थियो। सोमबार बिज्ञप्ती निकालेर गृहले त्यससम्बन्धि थप प्रष्ट पारेको हो। उपप्रधानमन्त्री कमल थापाको दबाबमा बिदा दिने निर्णय गरिएको हो। जसको कतिपयले आलोचना गरेका छन् भने केहीले समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।