काठमाडौं– आर्थिक प्रभावमा परेर सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने तीन कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले मालपोत कार्यालय, टीकापुरका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मालपोत कार्यालय, टीकापुरका तत्कालिन कार्यालय प्रमुख नायब सुब्बा लोकबहादुर रावल, मोहनबहादुर रसाईली, खरिदार जग्गेप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरिएको हो।
उनीहरुलेस ार्वजनिक जग्गा स्थानीय रामजी शाहको नाममा पास गराइदिउका थिए। शाहविरुद्ध समेत आयोगले बुधबार मुद्दा दायर गरेको छ।
त्यससम्बन्धि उजुरी आयोगमा परेपछि छानबिन गर्दा सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गराएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।