वीरगञ्ज- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालू आर्थिक वर्षभित्र चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न थालेको छ। दुई वर्ष अघिसम्म पर्सामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेको थियो।
प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले पर्सा जिल्लामा विद्युत् चुहावट नियन्त्रण हुन थालेको केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए।
६७ हजार ग्राहक रहेको पर्सामा विद्युत् चुहावट गर्नेलाई पक्राउ गरी जरिवानाबापत रु १३ लाख राजस्व संकलन भएको छ भने ग्राहकले धमाधम मिटर लिन थालेका छन्।
सरकारी तथा अन्य कार्यालयबाट रु ५० करोड बक्यौता रकम उठाउन प्राधिकरणले पत्राचारसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।