काठमाडौं- प्रहरीले एक थान पेस्तोलसहित ३ जना पक्राउ गरेको छ। उनीहरुलाई आइतबार काठमाडौंको मित्रनगर नयाँबस पार्कबाट पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला लिखु गाउँपालिका-४ का २९ वर्षीय प्रितम राई, सोही स्थानका ३७ वर्षीय रामकुमार राई र भारत दार्जिलिङ घर भएका ३६ वर्षीय सविन खवास रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुका साथबाट प्रहरीले मेड इन इटली लेखिएको पेस्तोलसहित सोको गोली र २ वटा मोटरसाइकल समेत बरामत गरेको छ। बा ६७ २६६६ र बा ९९ १३०३ का २ मोटरसाइकल बरामद गरेको हो।
पक्राउ परेका ३ जनालाई नै थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकु बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।