जीतपुर, कपिलवस्तु- बाटो बनाउँदा बनाउँदै यहाँ ‘पुरातात्विक’ संरचना भेटिएको छ।
जिल्लाको कपिलवस्तु नगरपालिका–३ सिद्धार्थटोलमा सोमबार बाटो बनाउने क्रममा ‘पुरातात्विक’ संरचना भेटिएको हो। सदरमुकाम तौलिहवामा रहेको आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्ने क्रममा इँटाले बनेको संरचना फेला परेका हुन्।
फेला परेका इँटाका संरचना स्थानीयबासीको जग्गामा पाइएका हुन्। भित्ता आकारका रहेका ती संरचना भेटिएलगत्तै बाटो निर्माणसमेत रोकिएको छ।
तिलौराकोटमा उत्खननमा संलग्न पुरातत्व विज्ञको टोलीले सो संरचनाको स्थलगत अनुगमन गरेको छ। पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले आफूहरुले सिद्धार्थटोलमा भेटिएको संरचनाको निरीक्षण गरेको र हेर्दा पुरानो इँटा देखिए पनि विस्तृत कुरा अध्ययन गरेपछि मात्र थाहा हुने बताए।
उक्त स्थलको किनारमै प्राचीन कुवासमेत रहेको र केही वर्षअघि सो कुवामा प्राचीन वस्तु समेत भेटिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।