काठमाडौं– २०६औं भानु जयन्तिको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दरकाण्ड (रामायण)’ को पहिलो अंश सार्वजनिक भएको छ। जसमा तुंगनाथकै गायन तथा संगीत रहेको छ।
‘सुन्दर–काण्ड (रामायण)’ नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट अंशविशेषको संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो।
प्रत्येक दुई श्लोकपछि लय परिवर्तन हुने तथा निरन्तरता भंग नगरी अघि बढ्नु यसको यस गायनको विशिष्ट पक्ष हो। यसको दोस्रो खण्ड छिट्टै सार्वजनिक हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।