जाजरकोट- भाइरल ज्वरोका कारण जाजरकोटमा थप एक जनाको मृत्यु भएको छ।
जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिए। यससहित जाजरकोटमा भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।
अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार जारी राखिएको खत्रीले बताए। सो ठाउँमा बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।