काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नेपाल आयल निगममा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गराएको छ।
संगठनले बूढीगण्डकीमा भएको भनिएको अनियमितताको बारेमा पनि छानबिनको माग गरेको छ। ती विषयमा यथार्थ छानबिन गरी भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्न माग गरिएको छ।
संसदीय समितिले छानबिन गरी निगमले तेल भण्डारणका लागि विभिन्न स्थानमा किनेका जग्गा चलनचल्तीभन्दा चार गुणा बढी मूल्यमा कारोबार गरिएको समाचार आएपछि सो संगठनले आयोगमा आग्रह गरेको हो ।
त्यसैगरी ‘बूढीगण्डकी आयोजना विश्वव्यापी बोलपत्र आह्वान गरी अगाडि बढाउनुपर्नेमा प्रचण्ड सरकार कामचलाउ हैसियतमा रहेका बेला चिनियाँ कम्पनीलाई एकपक्षीय रुपमा दिएर अनियमितता गरिएकाले’ त्यसको उचित छानबिन गर्नुपर्ने उक्त पत्रमा माग गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।