सुनसरी– छोरीहरुलाई चिसोबाट जोगाउन कोठामा दाउरा र धानको भुस बालेर सुत्दा सुनसरीमा एक दम्पतीले आफ्ना दुई सन्तान गुमाएका छन्।
दाउरा र धानको भुसको आगो बाली सुतेको अवस्थामा ईटहरी उपमहानगरपालिका–६ नेपा भबन डेरा गरी बस्ने आलम मियाको २ छोरीहरुको गुम्सेर मृत्यु भएको हो।
सोमबार बेलुका आलम मिया तथा उनको श्रीमती र दुईजना छोरी समेत ४ जना गएको राती अत्याधिक जाडो बढेको कारण कोठामा दाउरा र धानको भुसको आगो बाली सुतेका थिए। कोठा थुतेर आगो बालेकाले अक्सिन कम भइ गुम्सेर सबै बिरामी भएका थिए। उपचारको लागि बिराट शिक्षण अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा २ छोरीहरुको मृत्यु भएको हो। आलम दम्पतीको अबस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।