काठमाडौं– शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित, काठमाडौंमा ३ सहित विभिन्न ठाउँमा गरी ११ जनाको मृत्यु, ८ भन्दा बढी बेपत्ता।
२) कांग्रेस र राजपाबीच कार्यगत एकता गर्ने अलिखित सहमति, सरकारविरुद्ध सशक्त प्रतिवाद गर्ने।
३) विप्लवका उच्चस्तरका नेता पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक सर्कुलर, सर्लाही घटनापछि प्रहरीलाई अति लचकता अपनाउन सरकारको निर्देशन।
४) फिफा बरीयतामा नेपाली महिला फुटबल टोली दुई स्थान सुधार गर्दै १०१औँ स्थानमा, विश्वकप विजेता अमेरिका शीर्ष स्थानमा।
५) भारतको आसाममा थप १ लाख बढी व्यक्ति नागरिक हुन अयोग्य ठहर, नागरिकता विवादमा कविता लेख्ने १० कविविरुद्ध एफआइआर दर्ता।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।