काठमाडौं- काठमाडौंको सामाखुसीबाट एक लाख रुपैयाँ घुससहित ४ जना प्रहरी पक्राउ परेका छन्।
बिमा रकम दाबीको लागि सवारी दुर्घटना प्रमाणित गर्न कागजात बनाइदिने भन्दै १ लाख घुस लिँदै गर्दा उनीहरु रंगेहात पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए।
पक्राउ पर्नेमा ट्राफिक प्रहरी महाशाखा मातहत कार्यरत जवान देवेन्द्र बलायर, आकाश खनाल र निरज भण्डारी तथा ३ नम्बर गणका जवान हिडलर साउद रहेका छन्।
प्रवक्ता कोइरालाका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।