काठमाडौं– कमला नदीको बीचमा कुटीमा बस्दै आएकी एक वृद्धाको उद्दारका लागि हेलिकोप्टर माग गरिएको छ।
सिरहाको कजृन्हा नगरपालिका–२ कमला नदीको पुलभन्दा २ किलोमिटर उत्तर खोलाको बीच टापुमा बस्दै आएका ६० वर्षीया वृद्धाको उद्दारका लागि हेलिकोप्टर माग गरिएको हो।
६ वर्षअघिदेखि उक्त टाउँमा कुटी बनाएर बस्दै आएकी ६० वर्षीया बेत्रु मुखियाको उद्दारमा समस्या भएको छ।
उद्दारमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिए पनि ठूलो बाढीका कारण समस्या भएको छ। उद्दारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।