काठमाडौं– संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित अनामिड मिसनमा खटिजाने प्रहरी टोलीको बिदाइ गरिएको छ।
प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूति राज पाण्डेले शुक्रबार टोलीको बिदाइ गरेका हुन्।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिसनमा खटिँदा बनाएको छविलाई कायम गर्दै संगठनको नीतिअनुरुप कार्यसम्पादन गर्न खटिजाने अधिकृतहरुलाई निर्देशन दिए। उनले मिसनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुको बारेमा समेत जानकारी गराए।
मिसनमा प्रहरी नायव उपरीक्षक ९ जना र प्रहरी निरीक्षक ३ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरु असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।