काठमाडौं– देशभर सक्रिय मनसुनका कारण आएको पहिरोले देशका विभिन्न सडकखण्डहरू अवरुद्ध भएका छन्।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ बि.पि राजमार्ग स्थित पिप्ले ,कालढुङगा र वडा नं.७ स्थित रोशीपुलमा पहिरो आएर सडक अवरुद्ध भएका छन्।
त्यसैगरी बुटवल–पाल्पा, लमजुङ–मनाङ र भाेजपुर–धरान लगायतका सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको केन्द्रले जनाएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।