जनकपुर- सिरहाको पश्चिमवर्ती कल्याणपुरमा कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया बालिका बलात्कृत भएकी छन्।
बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका ५५ वर्षीय रामवृक्ष साफीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
जबरजस्ती करणी अन्तर्गतको मुद्दामा बुधबार नै म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
पीडित बालिका र साफीको सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ।
*प्रतीकात्मक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।