राजविराज- लागूऔषध ओसारपोसार अभियोग लागेर फरार रहेका एक व्यक्ति सोमबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुरुंगा नगरपालिका–४ बस्ने २३ वर्षीय सुदीपकुमार चौधरी रहेको प्रहरी नायव उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।
लागूऔषध ओसारपसार गरेको आरोपमा चौधरीलाई एक वर्षअघि जिल्ला अदालत राजविराजले एक वर्ष १० महिना कैद र एक लाख जरिवानाको फैसला गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।