काठमाडौं– बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी, भारतीय दूतावासको पत्रबारे जानकारी नदिँदा नेपाली जनतासामु लज्जित भएको स्वीकार।
२) सर्लाही घटनामा मृत्यु भएका सिंहका परिवारलाई १० लाख दिने सरकारको निर्णय, कांग्रेसलाई सरकारका प्रवक्ताको प्रश्न– दिनभरि बिपी, रातभरि विप्लव हो?
३) विषादी परीक्षण रोक्ने भारतीय पत्रको जवाफ परराष्ट्रले दिनुपर्ने कृषि मन्त्री खनालको तर्क, मन्त्रालयबीचमा समस्या नभएको दाबी, सर्वोच्चको आदेश मान्ने भनाइ।
४) गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पुनः सुरु हुँदै, अवरोध गर्ने गतिविधि नदोहोर्याउन आग्रह।
५) र, चीनले अमेरिकी कृषि उत्पादन खरिद गर्न थालेपछि अमेरिकासँगको व्यापार वार्ता पुनः सुरु हुने, दुवै देशका मध्यस्थकर्ताबीच टेलिफोन कुराकानी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।