काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को डिएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपाकिला–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुइटेल छन्। उनलाई महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले बुधबार सितापाइलाबाट पक्राउ गरको हो।
उनले सिआइबीको डिएसपी भएको भन्दै ठगी गरेका थिए। लुइटेल भगौडा सशस्त्र प्रहरी भएको प्रहरीले जनाएको छ।
लुइटेलले चन्द्रागिरीका विजय तामाङलाई आफू सिआइबीको डिएसपी भएको भन्दै आफ्नै सेक्युरेटी कम्पनी रहेको र त्यसको पाँच प्रतिशत शेयर हाल्न १ लाख ६० हजार पर्ने भन्दै हाल्न लगाएर ठगी गरेका थिए।
तामाङले सुरुमा १० हजार दिएका पछि आफू ठगिएको आशंका लागेर प्रहरीकोमा उजुरी दिएका थिए।
प्रहरीले नक्कली डिएसपीको साथबाट १ थान रेडियो सेट बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।