विराटनगर- नगदसहित श्रीमती बेपत्ता भएपछि एक पुरुष बिचल्लीमा परेका छन्।
बूढीगंगा–२ का गिरानन्द पासवानले विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले तीन लाख रुपैयाँ र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए।
एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिचल्लीमा परेको उनले बताए।
बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिन प्रहरीमा जाहेरी समेत दिए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए।
गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एक जनासँग ६ सय ४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।