काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको केपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन भेरी कर्णाली ब्युरो सदस्य तथा रेड फोर्स युथ अध्यक्ष शिखर पहाडी 'हिमशिखर' पक्राउ परेका छन्।
सुर्खेतको चौकुने गाउँपालिका–९ घर भएका पहाडीलाई प्रहरीले असार २४ गते राति सवा ११ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपराबाट पक्राउ गरेको हो।
पिपरा चोक नजिकै उनी रहेको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उनी पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।