• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

इटहरीलाई १ वर्षमा हिलो र ३ वर्षमा धुलोमुक्त बनाइने, सार्वजनिक जग्गा खोजी गर्न ३ चरणको योजना

64x64
नेपाल लाइभ बिहीबार, असार २६, २०७६  ०८:०७
1140x725

इटहरी– इटहरी उपमहानगरपालिकाले १ वर्षभित्र हिलो र ३ वर्षभित्र धूलोमुक्त इटहरी बनाउने अभियान सुरु गर्ने भएको छ। उपमहानगरले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट, नीति तथा कार्यक्रम पारित भएअनुसार हिलो र धुलोमुक्त इटहरी बनाउने अभियान सुरु गर्न लागेको जनाएको छ।

उपमहानगरको बजेट, नीति तथा कार्यक्रम पारित भएपछी आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। इटहरीका सवै मुल बाटोहरु १ वर्षमा हिलोमुक्त र ३ वर्षमा धूलोमुक्त बनाउने अभियानलाई उच्च प्राथमिकता दिइएको उपमहानगरले जनाएको छ। यस वर्ष थालनी भएका ११ वटा बहुवर्षीय योजनाको २५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने काम आगामी वर्ष ७० प्रतिशत सम्पन्न हुने पनि उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन्।

उपमेयर गौतमका अनुसार ४२ किलोमिटर बाह्य चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी आगामी आवमा निर्माणको प्रक्रिया थालिनेछ। ३ वर्षभित्र डेढ सय किलोमिटर सडक पक्की गरिने पनि उनको भनाइ छ। सडकलगायत सार्वजनिक निर्माण कार्यको गुणस्तर मापन गर्न गुणस्तर मापन ल्याव स्थापना तथा सवारी पार्किङलाई व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण गर्न लागिएको उनले बताइन्। स्मार्ट पार्किङबारे उपमहानगरले विज्ञहरुसँग परामर्श लिइरहेको उनले जानकारी दिइन्।

१ अर्ब ८५ करोडको बजेट पारित

इटहरी उपमहानगरको पाँचौ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। 'सुशासन र सम्मृद्धि हाम्रो अभियान, भ्रष्ट्राचारविहीन सरल, सहज र पहुँचयुक्त इटहरी नगर प्रशासन' भन्ने नारा उपमहानगरले तय गरेको छ। १ अर्ब ८५ करोड ५० लाखको आयव्ययको अनुमान असार २४ गतेको पाँचौ नगरसभाको चौथो बैठकले सर्वसम्मत पारित गरेको हो।

बजेटमा चालूतर्फ ७९ करोड ४ लाख ५५ हजार, पुँजीगततर्फ १ अर्ब ५ करोड ७५ लाख ५४ हजार र वित्तीय व्यवस्थातर्फ ७० लाख विनियोजन गरिएको छ। बजेटले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षी विकास, उद्योग व्यापार, पर्यटन, खेलुकद र सामाजिक विकासमा प्राथमिकता दिएको गौतमले बताइन्। बजेट, नीति तथा कार्यक्रममाथिको छलफलमा २२ जना नगरसभा सदस्यहरुले सुझाव दिएका थिए।

चालू नगरसभाबाटै सुशासन ऐन पारित गर्ने र जसमा कर्मचारीको क्षमता अभिवृद्धि, पुरस्कार र दण्डको व्यवस्था गर्ने उपमहानगरको योजना छ।

Ncell 2
Ncell 2
nimb
nimb

सार्वजनिक जग्गा उपमहानगर मातहत ल्याउन विशेष योजना

उपमहानगरभित्रका सार्वजनिक जग्गा खोजी अभियानलाई निरन्तरता दिइने बताउँदै उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले यस कार्यलाई थप योजनावद्ध ढंगले अगाडि लैजाने बताए। सुरुमा सचेतना जगाउने, दोस्रो पटक प्रतिरोध र अन्तिम पटक द्वन्द्वात्म अभियान चलाएर सार्वजनिक जग्गा उपमहानगर मातहत ल्याइने उनको योजना छ।

जसअन्तर्गत खोला, पैनी र सडकको क्षेत्राधिकार तोकिने र क्षेत्राधिकार भित्र पर्ने जग्गामा निर्माण भएका भौतिक संरचना हटाउने अभियानलाई तिव्रता दिइने चौधरीको भनाइ छ।

इटहरीमा रात्रिकालीन बजार, व्यवस्थित सार्वजनिक शौचालय, आधुनिक कृषि बजार, महिला उद्यमशिलताको विकासका लागि उद्यमशील विकास कोष स्थापना गर्नेदेखि इटहरी अस्पतालमा चौबीसै घण्टा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

Xtrem

Xtrem

विपन्न परिवारलाई सुत्केरी सेवा लिन निःशुल्क एम्बुलेन्स

विपन्न परिवारलाई सुत्केरी सेवा लिन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ। आमाबच्चा पोषणभत्तावापत् १ हजार रुपैयाँ प्रदान गरिने र ‘उपमेयर सुत्केरी सेवा कार्यक्रम’अन्तर्गत अति विपन्न सुत्केरीको घरैमा गएर ३ हजार ५ सय रुपैयाँ बराबरका समाग्री प्रदान गरिने उपमहानरको कार्यक्रम छ।

‘कोही छैनन् निचउच, शिक्षामा समान पहुँच’ भन्ने नाराका साथ दलित बालबालिकालाई विभिन्न छात्रवृतिको व्यवस्था गरिएको उपमेयर गौतमले जानकारी दिइन्। 'जसका लागि १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ,' उनले भनिन्।

नयाँ घर निर्माण गर्दा ३ बिरुवा अनिवार्य रोप्नुपर्ने

गरिब, दलित, विपन्न परिवारलाई लक्षित गरी कृषि तथा पशुपालनमा अनुदान दिने व्यवस्था उपमाहानगरले ल्याएको छ। इटहरीको कटानको मुख्य समस्याको रुपमा रहेको बुढीखोला किनारमा बाँस रोप्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरी नदी नियन्त्रण गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

इटहरीलाई जंगलभित्रको सहर बनाउने अभियानलाइ निरन्तरता दिन 'एक घर ३ बिरुवा अभियान' चलाइने उपमेयर गौतमले बताइन्। उनका अनुसार नयाँ घर निमार्ण सम्पन्नको कागज बुझ्न आँउदा ३ वटा बिरुवा रोपेको हुनुपर्ने र हरेक घरमा उपमहानगरले बिरुवा वितरण गर्ने कार्यक्रम ल्याएको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्