जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आज जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री राउतले यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे।
रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई दुई देश विचको सम्बन्धका साथै त्रेता युगिन सम्भयता झझल्को समेत दिने भएकोले दुबै देशका केन्द्रीय सरकारलाई अग्रसर हुन आग्रह समेत गरे।
नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकाल देखी चल्दै आएको जनजनको सम्बन्ध रहेको चर्चा गर्नु हुँदै उनले यसलाई राजनीति सिमांकनले छेक्ने काम कतैबाट हुनु नपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।