काठमाडौं– बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) विषादी परीक्षण रोक्ने सरकारको निर्णयमाथि सर्वोच्चको रोक, भन्सारमा परीक्षणको व्यवस्था मिलाउन अन्तरिम आदेश।
२) भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, दुई जनाको मृत्यु, पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएको सिडिओको दाबी।
३) उत्पादन लुकाउँदै कर छल्ने बियर उत्पादन कम्पनी ठूला करदाता कार्यालयको निगरानीमा, टाइगर ब्रुअरीले उत्पादन लुकाउँदै झन्डै १० करोड कर छलेको पुष्टि।
४) सबैलाई मिल्ने प्रस्ताव भए नेइमारले पिएसजी छोड्न सक्ने पिएसजीका खेल निर्देशक लियोनार्दोको भनाइ, बार्सिलोनासँग नेइमारको सामान्य कुराकानी।
५) र, इमेल चुहिएपछि अमेरिका र बेलायतको सम्बन्ध संटकतर्फ, वाणिज्य वार्ता रद्द, ट्रम्पको आलोचना गर्ने बेलायती राजदूतद्वारा राजीनामा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।