जनकपुर– धनुषामा एक किशोरी बलात्कृत भएकी छन्।
गए राति सवैला नगरपालिका–८ ठिल्लामा घरमै सुतिरहेकी १४ वर्षीया किशोरीलाई घरबाट ५ सय मिटर पर लगेर २ जनाले बलात्कार गरिएको इलाका प्रहरी कार्यालय सवैलाले जनाएको छ।
किशोरीलाई गाउँकै ३७ र ३० वर्षीय व्यक्तिले बलात्कार गरेको प्रहरीले जनाएको छ। आरोपित दुवैलाई स्ठानीयको सहयोगमा पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले बताए।
आरोपितहरूलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ भने पीडित किशोरीलाई स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ। प्रतिकात्मक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।