काठमाडौं- वीरगञ्जमा सोतेनी आमालाई धारिलो हतियार प्रयोग गर्ने एक जना युवक प्रकाउ परेका छन्।
मंगलबार दिउँसो १ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका-२४, रामगढवा बस्ने भुलन यादवका छोरा १८ वर्षीय गुड्डु यादवले घर-गोठ नजिकै रहेकी आफ्नी सौतेनी आमा वर्ष ४० की शोभा देवीमाथि धारिलो हतियार (दाउ)को प्रहार गरेका थिए।
दाउ प्रहारपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
शोभादेवीको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ।
धारिलो हतियार प्रहार गर्ने निज गुड्डु यादवलाई भने प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।