• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'सिमानामा दिनदहाडै लुटिन्छन् भारतबाट फर्कने नेपाली कामदार​​​​​​​'

64x64
नेपाल लाइभ मंगलबार, असार २४, २०७६  २१:५३
1140x725

काठमाडौं- नेपालबाट रोजगारीका लागि दिनहुँ थुप्रै कामदार छिमेकी मुलुक भारत पुग्ने गरेका छन्।

दैनिक कति संख्यामा नेपाली कामदार रोजगारीका लागि भारत जाने गर्दछन् र भारतमा कति संख्यामा नेपाली कामदार छन् भन्ने तथ्यांक भने सरकारसँग छैन। 

खाडी लगायतका मुलुकमाभन्दा पनि जटिल समस्या छिमेकी मुलुक भारतको सिमानामा नै भोगिरहेका छन् नेपालीहरु। 

तर सरकारले रोजीरोटीका लागि भारत जाने कामदारको सामाजिक सुरक्षाका लागि आवश्यक नीति निर्माण गर्न सकेको छैन। 

नेपाल भारतबीच खुल्ला सिमाना भएकै कारण भिसा प्रक्रिया बिना नै कामदार रोजगारीका लागि भारत जान्छन्। 

जसमध्ये पनि सुदूरपश्चिम प्रदेशलगायत भारतसँग सिमाना जोडिएका थुप्रै जिल्लाबाट निकै ठूलो संख्यामा नेपाली कामदार रोजगारीको खोजीमा भारत पुग्ने गरेका छन्।

नेपालको सुदुरपश्चिममाञ्चल तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्र तथा तराई मूलका विभिन्न मुलुकबाट नेपाली युवा रोजगारीका लागि भारत जाने गरेको विभिन्न अध्ययनले देखाएको छ। 

सुदुरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तथा (क्रस कन्ट्रि लेभर माइग्रेसन सिस्टम नेपाल एण्ड इन्डिया) विषयमा  त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिको तयारी गरिरहेका दीपक चन्द्र भट्टले सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा रोजगारीका लागि भारत जाने कामदारको अवस्थाका बारेमा एक अध्ययन प्रतिवेदन प्रस्तुत गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

निकै ठूलो संख्यामा रोजगारीको खोजिमा भारत जाने कञ्चनपुरको पुर्नवास, नगरपालिका, महाकाली नगरपालिका, डोटीको शिखर नगरपालिका गरी ४ वटा नगरपालिकालाई अध्ययनको लागि समेटिएको छ। 

सो प्रतिवेदन हेर्दा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट साउदी, कतार, मलेसिया युएई लगायतका मुलुकहरुमा भन्दा ठूलो संख्यामा नेपाली कामदारहरु भारत जाने गरेका छन्। 

कामको खोजीमा नेपाली कामदार लामो समयसम्म पनि भारतमा बस्ने गरेका छन् भने केही कामदार मौसमी रोजगारीका लागि मात्रै भारत पुग्ने गरेका छन्। 

उनले गरेको अध्ययन अनुसार भारतका नैनीताल, बद्रिनाथ, केदारनाथ, हिमाञ्चल प्रदेश लगायतका हिमाली क्षेत्रमा ४ देखि ६ महिनासम्मको मौसमी रोजगारीका लागि पनि नेपाली कामदार भारत जाने गर्छन्। 

Xtrem

Xtrem

नाकामा दिउँसै लुट
दैनिकजसो निकै ठूलो संख्यामा भारत जाने कामदार सिमानामा दिनदहाडै लुटिने गरेको अध्ययनले देखाएको छ। 

नेपालबाट भारत प्रवेश गर्ने क्रममा पनि थुप्रै कामदार हिंसामा पर्ने वा लुटिने, त्यस्तै भारतबाट कमाई गरी नेपाल फर्कने क्रममा पनि कमाएको सबै रकम बाटोमा नै लुटिने अवस्था देखिएको छ। रिक्सा, टाँगा, र विभिन्न सार्वजनिक यातायातमा सवार गरिरहेको अवस्थामा नेपाली लुटिन बाध्य हुन्छन्। 

उपप्रध्यापक दिपकचन्द्र भट्टले सन् २०१५ देखि २०१८ सम्म बन्बासा नाका हुँदै भारत आवतजावत गर्ने नेपाली कामदारका सम्बन्धमा गरेको अध्ययन अनुसार ९२ जना कामदार लुटिएका छन्। 

जसमा ४ प्रतिशत कामदारहरुको ५० हजारभन्दा बढी नगद लुटिएको छ।

सानो रकम पनि लुट्ने समस्या बढी रहेको अध्ययनले देखाएको छ। सो नाका हुँदै भारत आवतजावत गर्ने ३५ प्रतिशत कामदारहरुको १० हजारभन्दा कम नगद लुटिएको छ। 

भारतीय सुरक्षाकर्मीबाटै लुटिन्छन् नेपाली
सो अध्ययन अनुसार भारतबाट कमाएर फर्किएका युवाहरु नेपाल आउन नपाइ नै लुटिने गरेका छन्। केही भारतीय सुरक्षाकर्मीकै संलग्नतामा धेरै नेपालीहरु लुटिनुपर्ने बाध्यता छ।
 
भारतीय नागरिकहरुले नेपाली कामदारहरुलाई विभिन्न नसालु पदार्थ प्रयोग गरी लठ्ठ बनाउने र ठगी गर्ने गरेको पाइएको हो। 

त्यस्तै हिँडिरहेको अवस्थामा नै लुटपाट र डकैतीका घटनाहरु धेरै हुने गरेका छन्। 

नेपाली कामदारहरुलाई विभिन्न शारीरिक यातना तथा धम्की दिएर समेत लुटपाट गरिने गरेको खुलेको छ।

नेपालीहरुले भारतबाट किनेर ल्याएको सामान, झोला, हातको मोबाइल लिने र अनावश्क रुपमा रकम असुली गर्ने, रकम नदिए सामान नै खोसेर राख्ने, नोपलीलाई कुटेर घाइते बनाउने लगायत समस्या रहेका छन्। 

केही रकम कमाएर फर्किएका कामदार लुटपाटमा परी घाइते बनेर रित्तै फर्कनुपर्ने अवस्था छ। 

भारतमा नेपाली कामदारले बैंक खाता खोल्ने प्रावधान नहुँदा समेत बोकेर ल्याएको रकम लुटिने सम्भावना बढ्दै गएको उल्लेख गरिएको छ।

जिविकोपार्जनका लागि भारत
कामको खोजीमा भारत पुग्ने ठूलो संख्यामा नेपाली कामदार अदक्ष छन्। उनीहरु लेबर, क्लिनर, सेक्युरिटी गार्ड तथा घरेलु कामदारका रुपमा समेत जाने गरेका छन्। सिप नभएकै कारण भारत पुगेर पनि नेपाली कामदारहरुले सस्तो मूल्यमा कठिन काम गर्न बाध्य छन्। 

गरिबी तथा बेरोजगारी समस्या झेलिरहेका नेपाली कामदार जीविकोपार्जनका लागि मात्रै भारत पुग्ने गरेका छन्। 

अध्ययन अनुसार २ सय वर्षभन्दा अगाडिदेखि दार्जिलिङ, असाम लगायत क्षेत्रमा नेपाली कामदार रोजगारीका लागि पुगेका छन्। ३० लाखको हाराहारीमा नेपाली कामदार रोजगारीका लागि भारत पुगेको अनुमान गरिएको छ। 

दक्ष कामदारहरु केही संख्यामा भारत पुग्ने गरेका छन्। सन् २०१२ मा विभिन्न भारतीय सरकारी निकायहरु तथा भारतीय आर्मीका रुपमा ६० हजार नेपाली कामदारहरु कार्यरत थिए। 

रोजगारीका लागि भारत पुगेका कामदार रोग लिएर फर्कन्छन्
दिल्ली, पन्जाप, मुम्बई, गुजरात/राजस्थान, उत्तर प्रदेश, उत्तरा खण्ड लगायत अन्य विभिन्न स्थानमा रोजगारीका लागि कामदारहरु पुग्ने गरेका छन्। 

रोजगारीका लागि भारत जाने कामदारको खानपान, बासस्थललगायत अव्यवस्थित हुने गरेको छ। ४ जनासम्म बस्न मिल्ने कोठमा १२ जनाभन्दा बढी कामदारहरु बस्ने र एउटालाई रोग लागे सो रोग कोठाभरिका सबैलाई लाग्ने जस्ता समस्या रोजगारीका लागि भारत पुग्ने नेपाली कामदारहरुमा रहेको भारतमा नेपाली कामदारसम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुतकर्ता भट्ट बताउँछन्। उनले भने, ‘भारत जाने नेपाली कामदारहरुको निकै दर्दनाक अवस्था छ, आप्रवासी कामदारहरुको हकहितको कुरा गरिरहेको सरकारले यसतो दर्दनाक विषयमा चासो नदिनु लज्जास्पद कुरा हो।’

भारतमै हराउँछन् कामदार
विद्यावारिधिको तयारी गरिरहेका भट्टको अध्ययनअनुसार भारत पुगेका कामदार भारतमा निकै ठूलो संख्यामा बेपत्ता हुने गरेको खुलेको छ। 

४ वटा नगरपालिकामा गरिएको अध्ययन अनुसार १० वर्षको अवधिमा रोजगारीको खोजीमा भारत पुगेका  २ सय ९ जना नेपाली कामदार भारतमा  बेपत्ता छन्। 

बेपत्ता हुनेहरुमा बाध्यात्मक अवस्थाले रोजगारीका लागि भारत पुगेका, आर्थिक अबस्था ज्यादै नाजुक, दलित समुदायका कामदारहरु बढी छन्। 

केही कामदारहरु के कारणले बेपत्ता भए भन्ने नै खुलेको छैन। बेपत्ता परिवारका आफन्त वा छिमेकीलाई सोधपुछ गरी गरिएको अध्ययनमा कतिपय फर्कने आधार नै नभएकाहरु बेखबर छन्। 

देशैभर अध्ययन गर्नु हो भने, रोजगारीका लागि भारत पुगेर त्यतै बेपत्ता हुनेहरुको संख्या निकै ठूलो हुने अनुसन्धानकताले बताए। भारतको दिल्ली पन्जाप, उत्तरखण्ड लगायत स्थानहरुमा कामदारहरु हराएका छन्।

भारत जाने कामदारका लागि छुट्टै नीति आवश्यक 
मंगलबार सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल तथा आप्रवासी कामदारको हकहितका लागि काम गर्दै आइरहको निड्स नेपालले आयोजना गरेको भारतमूखी  श्रम आप्रवासनका समस्या सवाल र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा  राखिएको थियो। 

सो कार्यक्रममा सबै सरोकारवालाहरुले ठूलो संख्यामा भारत जाने कामदारहरुको सरकारले उपेक्षा गरेको टिप्पणी गरेका छन्।

रोजगारीका लागि छिमेकी मुलुक भारत जाँदा सिमानामा नेपाली कामदारहरुको निकै दर्दनाक अवस्था रहेको भन्दै उनीहरुको हकहित तथा सुरक्षाका लागि सरकारले कडा कदम चाल्नुपर्ने दाबी  गरेका हुन्। 

पूर्वकृषि मन्त्री गौरीशंकर चौधरीले युवाहरुलाई देशभित्रै कृषिमा आत्मनिर्भर गराउन सके युवाहरु भारत पलायन हुने क्रममा कमी आउने बताए। 

उनले भने, ‘नेपालको कृषि क्षेत्रमा थुप्रै रोजगारीका सम्भावना छन्, रोजगारीका सम्भावना खोजी गरी सकेसम्म नेपालमै काम लगाउन सके भारत लगायत मुलुक जाने युवाहरुको संख्यामा कमी आउँछ।’

भारतमा नेपालीहरुले भोगेका समस्याहरुलाई निराकरणका लागि उनीहरुलाई जनचेतनामूलक सिप तथा तालिमको व्यवस्था गरिनुपर्ने उनले जोड दिए। 

त्यस्तै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले रोजगारीका लागि भारत जाने कामदारहरुको समस्या सम्बोधनका लागि सबै सरोकारवाला निकायहरुले आआफ्नो ठाउँबाट सक्दो भुमिका निर्वाह गर्नुपर्ने बताए। उनले भने, ‘रोजगारीका लागि भारत जाने कामदारहरुका समस्या राज्यको कानुनबाटै सम्बोधन गरिएको छैन, कामदारका समस्या निराकरणका लागि राज्यको कानुनबाटै सम्बोधन गरिनुपर्छ।’

नेपाली परिचय पत्र बलियो बनाउँदै भारतमा नेपाली कामदारहरुले बैंक खाता खोल्न सक्ने बनाउन  कुटनीतिक पहल गर्न आवश्यक रहेको उनले बताए। 

‘सरकारले वैदेशिक रोजगारीका लागि खाडी लगायत मुलुकमा जाने कामदारको जस्तै भारत जाने कामदारको पनि हकहित तथा सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ,’ अध्यक्ष कार्कीले भने।

वैदेशिक रोजगार बोर्डका उपसचिव जीवन राईले भारत जाँदा श्रमिकहरुले श्रम स्वीकृति नपर्ने भएकाले बोर्डले पनि भारतमा समस्यामा परेका कामदारहरुलाई राहत तथा उद्धार गर्न नसकेको बताए।

उनले भने, ‘वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएका तथा करार अवधि भित्रै समस्यामा  परेका कामदारहरुलाई मात्रै बोर्डले उद्धार तथा राहत गर्न सक्छ।’

देशमा भनेजस्तो रोजगारी नभएकै कारण युवाहरु भारत लगायत अन्य विश्वका विभिन्न मुलुकमा पुग्न बाध्यता रहेको स्पष्ट पारे। ‘सोही बाध्यकारी वैदेशिक रोजगारीको यात्रालाई अन्त्य गर्न सरकारले सामाजिक सुरक्षासहित प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको छ,’ उनले भने।

प्रतिनिधिसभाका सदस्य प्रेम आलेले सुदुरपश्चिम तथा मध्यपश्चिमका थुप्रै भारत जाने नेपाली कामदार ठूलो समस्यामा रहेको स्वीकार गरे। 

‘भारत जाने कामदारको संख्या क मगर्न नेपालमा कृषि र प्रविधिको विकासमा सरकारले ध्यान पुर्‍याउन आवश्यक छ, ’उनले भने

यस विषयलाई सरकारले गम्भीरताका साथ लिन आवश्यक रहेको बताउँदै भारतमा नेपाली कामदारका समस्यालाई सरकारसम्म पुर्‍याउन पहल गर्ने विश्वास व्यक्त गरे। 

राष्ट्रिय सभाका सदस्य शेखर बहादुर कुँवरले भारतमा जाने नेपाली कामदारको समस्या समाधानमा जटिलता रहेको बताए। 

उनले भने, 'म यस विषयलाई सरकारसामु गम्भीरताका साथ उठाउने छु।’

ऐन/कानुन परिमार्जनका लागि विज्ञसहितको छलफल गर्ने र आवश्यक नीति निमार्णका लागि आवाज उठाउने प्रतिवद्धता कुँवरले व्यक्त गरे। 

ट्रेड युनियनका पदाधिकारीहरुले  मजदुरका हकहितका कुरालाई सरकार लगायत सरोकारवाला पक्षहरुले गम्भीरताका साथ लिनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्