काठमाडौं– प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा भएका अपराध अनुसन्धानको सहयोगका लागि नेपाल प्रहरीले कुकुर (केनाइन) शाखाको स्थापना गरेको छ। धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढमा कुकुर शाखाको मंगलबार स्थापना गरिएको हो।
कुकुर शाखाको स्थापनासँगै प्रदेश २ मा हुने अपराध तथा अपराधिक गतिविधिको न्यूनीकरण र नियन्त्रण, जघन्य अपराधमा अनुसन्धान तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको कार्यक्रम स्थलको सुरक्षामा कुकुरको प्रयोगले सहयोग पुग्ने प्रहरीले जनाएको छ।
केनाइन शाखामा हाल ४ वटा तालिम प्राप्त कुकुर छन्। कुकुरको प्रयोगले प्रदेशका जिल्लामा हुने अपराध अनुसन्धान ट्रयाकिङ्ग (अपराधीको खोजी), विष्फोटक पदार्थ, लागूऔषधको पहिचानलगायतका काममा प्रयोग गर्न सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।