काठमाडौं– जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) लालबाबु प्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साहविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
इन्सपेक्टर साहले लागु औषध मुद्धामा पक्राउ परेका व्यक्तिको मुद्दामा घुस लिएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
साहले आफ्नो छोराको बैंक खातामा रकम जम्मा गर्न लगाएर ७० हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।