काठमाडौं– मानवअधिकारकर्मी कृण्ण पहाडीले विभिन्न राजनीतिक समूहबाट आफुविरुद्व गरिएका आक्रोशपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
आइतबार प्रेस विज्ञप्ति जारी गरी नागरिक अभियन्ता पहाडीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुस २० मा ‘कृण्ण पहाडीको चित्कार’ शीर्षकको लेख तथा पुस २१ मा डा सिके राउतले सामाजिक सञ्चालमा आफूविरुद्व गरिएको टिप्पणिप्रति आपत्ति जनाएका हुन्।
मानवअधिकार तथा शान्ति समाजका संस्थापन सभापति पहाडीले हिसां र विखण्डनको मार्ग त्याग गर्न विप्लव र राउतलाई आग्रह गरेका छन्।
पहाडीले विज्ञप्तिमा भनेका छन्, ‘तपाईंहरुले थालेको हिंसा वैदेशिक हस्तक्षेप र विखण्डन चाहनेहरुलाई लिस्नो त बन्ने होइनरु पुनरावलोकन गर्नुहोस।’
पहाडीले स्वतन्त्र मधेशको अभियान चलाइरहेका राउतलाई प्रश्न गरेका छन्, ‘तपाईंले अवलम्बन गरेको घृणा र विखण्डनको मार्गले मधेसको उत्थान र प्रगतिलाई नै क्षति पुर्याइरहेको त छैन?’
पहाडीले विज्ञप्तिमा भनेका छन्, ‘भविष्यमा विप्लवले मेरो ओछ्यानमुनि बम पड्काउने र घृणा र विखण्डनका अभियानकर्ताले मेरो छातीमा बन्दुक तेर्स्याउने दिन आएछ भने पनि घृणा र विखण्डनलाई मलजल गर्ने मानवअधिकार संस्था वा व्यक्तिहरुबाट कुनै पनि सहानुभूति म स्वीकार गर्दिनँ। राष्ट्रिय स्वाभिमान, अहिंसा, सद्भाव, शान्ति, लोकतन्त्र, मानवअधिकारका पक्षमा मेरो विचार निरन्तर प्रवाहित भइरहनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।