इटहरी– प्रदेश १ पर्यटन पत्रकार महासंघको अध्यक्षमा पत्रकार विराट अनुपम निर्विरोध निर्वाचित भएका छन्। सुनसरीको इटहरीमा आयोजित ‘प्रदेश १ पर्यटन गन्तव्य कार्यशाला’बाट उनी निर्वीरोध निर्वाचित भएका हुन्।
नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश १ ले आयोजना गरेको कार्यक्रमबाट अनुपमको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। प्रदेश १ को पर्यटन प्रवर्धनको लागि पत्रकारको भूमिका र आगामी रणनितीको विषयमा कार्यशालामा छलफल भएको थियो।
नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनीराम शर्मा (ऋतुविचार) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्यटन क्षेत्रका जानकारहरुले भाग लिएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले 'भिजिट नेपाल २०२०' सफल पार्न सरकारले पूर्ण तयारी गर्न नसकेकोले त्यस विषयमा पत्रकारले खबरदारी गर्नुपर्ने धारणा राखे।
यसअघि प्रदेश समितिको संयोजक रहेका नवनिर्वाचीत अध्यक्ष अनुपमले पर्यटन क्षेत्रमा अबको पत्रकारीता आवश्यक रहेकोले प्रदेश कमिटी गठन गरिएको धारणा राखे। प्रदेश १ मा भारत, भुटान र बंगलादेशका पर्यटकलाई सहजरुपमा भित्राउन सकिने भएकोले त्यसको लागि सहजकर्ताको रुपमा आफूहरुले काम गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।