• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सप्तरीमा शीतलहरका कारण ७ महिने बालकसहित १२ को मृत्यु, विपन्न परिवारमा रुवाबासी

64x64
नेपाल लाइभ आइतबार, पुस २३, २०७४  १०:५०
1140x725

राजविराज– पर्याप्त तातो र झोलिलो खाना तथा ओढ्ने, ओछ्याउने र लगाउने कपडा अभावमा यतिबेला सप्तरीका दलित र विपन्न परिवारमा रुवावासी छ। शीतलहरले एकपछि अर्को गर्दै परिवारका सदस्य गुमाउनुपर्दा उनीहरुमा पीडा थपिँदै गएको छ। 

शनिबार मात्रै कञ्चनरुप र डाकनेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णा सवरण र तिलाठी कोइलाडी गाउँपालिकामा गरी एक बालकसहित ५ जनाले ज्यान गुमाएका छन्।

यो सहित सप्तरीमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।

कञ्चनरुप–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरीको निमोनियाका कारण मृत्यु भएको छ। चिसो लागेपछि स्थानीय क्लिनिकमा देखाउँदा निमोनियाको शंका गरेपछि थप उपचारका लागि विराटनगर लाँदै गर्दा बाटोमै बालकको मृत्यु भएको छिमेकी राजकुमार पासवानले जानकारी दिए।

यस्तै, खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको पनि मृत्यु भएको स्थानीयवासीले बताए।

सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार शनिबार राति कृष्णा सवरण गापा ४ का ६० वर्षीय लखन ठाकुरको पनि चिसोका कारण मृत्यु भएको छ। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका ७ का ३६ वर्षीय शिवु मण्डलको पनि शनिबार राति जाडोले मृत्यु भएको वडा अध्यक्ष गुलाव सिंहले जानकारी दिए।

स्थानीय अनिलकुमार यादवका अनुसार चिसोकै कारण शनिबार राति डाकनेश्वरी नगरपालिका ८ की ५५ वर्षीया झौली यादवको पनि मृत्यु भएको छ।

यसअघि तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो।

सप्तरीमा दलित र विपन्न समुदायका व्यक्तिहरु चिसोबाट बढी प्रभावित भएका छन्। जसमा  बालबालिका, वृद्ध र बिरामी बढी समस्यामा छन्। दलितमध्ये पनि मुसहर समुदाय चिसोको चपेटामा परेका छन्।

‘कतिपय परिवारमा परालको ओछ्यान र सुकुलको ओढ्नेले रात गुजारा गर्नुपर्ने अवस्था छ’, सञ्चारकर्मी समेत रहेका स्थानीयवासी मनोजकुमार माझी भन्छन्, ‘त्यस्ता परिवारका लागि राज्य स्तरबाटै राहतको व्यवस्था गर्न नसके थप क्षति हुन सक्छ।’

चिसोले जनजीवन थप कष्टकर हुँदै गए पनि स्थानीय प्रशासन तथा स्थानीय तहले हालसम्म पनि पर्याप्त दाउरा र चिसोबाट वच्ने वैकल्पिक व्यवस्था गर्न सकेका छैनन्। दाउरा नपाएपछि स्वास्थ्य र वातावरणलाई नै असर पुग्नेगरी सर्वसाधारणले टायर बालेर आगो ताप्न थालेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्पतालमा बिरामीको चाप

निरन्तरको शीतलहरसँगै सप्तरीका सरकारी तथा निजी अस्पतालहरुमा बिरामीको संख्या थपिने क्रम जारी छ। अत्यधिक चिसोका कारण बिरामी पर्नेहरुको संख्या बढ्दै गएको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालले जनाएको छ।

निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दयाशंकरलाल कर्णले बताए। एक सातायता २ सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएको उनले जानकारी दिए। बिरामीको बढ्दो चापका कारण बेड अभाव भएपछि भुइँमा समेत राखेर उपचार भइरहेको छ।

निजी विद्यालयका विद्यार्थी समस्यामा

शीतलहरले जनजीवन कष्टकर भएपछि सप्तरीका सामुदायिक विद्यालयहरुमा बिदा दिइए पनि निजी विद्यालयहरु भने हालसम्म बन्द गरिएको छैन। शिक्षा समितिले जिल्लाका ४ सय १२ सामुदायिक विद्यालय बिहिबारदेखि नै बन्द गरिसकेको छ।

यतिबेला परीक्षा सञ्चालन गरिरहेका निजी विद्यालयले विद्यार्थीको स्वास्थ्यभन्दा पनि पैसालाई बढी प्राथमिकता दिएको भन्दै आलोचना हुन थालेको छ।

प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो दशैं र विजयादशमीमा पनि फरक छ। पहिले त हामी दशैं मान्थ्यौं। पछिपछि आएर दशैंलाई विजयादशमी भन्न थालियो। पहिलो त दशैं नेपालीहरुको चाड हो... बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्