काठमाडौं- रूपन्देही जिल्ला अदालत, बाल ईजलाश शाखामा कार्यरत शान्ति देवी अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोमबार सो मुद्दा दायर भएको हो।
सवारी ज्यान मुद्दाको बाल मनोविज्ञान प्रतिवेदन छिटो पेस गराईदिन्छु भनी उनले घुस मागेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।
'शान्ति देवी अधिकारी भुसालले बाल मनोविज्ञान प्रतिवेदन सरल रूपमा तयार गरी छिटो पेशी गराईदिने प्रयोजनको लागि घुस/रिसवत लिएको पुष्टि भएको' अख्तियार मुद्दा दायर गरेको जानकारी दिएको छ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि भएकोले १० हजार बिगो कायम गरि मुद्दा दायर गरिएको हो। ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।