मदिराले लठ्याएर दलित बालिकाको बलात्कार
७ दिनपछि खुल्यो घटना, अझै पुगेन प्रहरीमा उजुरी

बलात्कृत बालिकाले मजदुरी गर्ने लक्ष्मीबल्लभ नर्सिङ्ग माविको प्रांगणमा निर्माण भईरहेको भवन
राजविराज- मदिरा खुवाएर दलित बालिकालाई बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। घटना भएको ७ दिन बितिसक्दा पनि प्रहरीमा उजुरी भने पुगेको छैन।
तिलाठी कोईलाडी गाउँपालिका-७ वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नर्सिङ्ग माविको प्रांगणमा निर्माण भईरहेको भवनमा मजदुरी गर्ने १४ वर्षीया बालिकाको गत बुधबार साँझ बलात्कार भएको हो। उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको पहलमा उपलब्ध भएको करिब ३ करोड रुपैयाँको बजेटमा उक्त भवन निर्माण भईरहेको छ।
घटनामा विद्यालयका कार्यालय सहयोगी शिवशंकर मण्डल र भारतीय मजदुरको नेतृत्व गरेका अर्का एक मजदुर पनि संलग्न भएको जनाइएको छ। उनीहरु दुवै जना फरार छन्। मजदुरको नेता नै फरार भएपछि अन्य कामदार समेत भागेकाले निर्माणको काम समेत प्रभावित भएको स्थानीयले जानकारी दिए।
छलफलवाट समाधान खोज्ने प्रयास
स्थानीयवासी र प्रहरी श्रोतका अनुसार बुधबार भएको घट्ना छलफलवाट समाधान गर्ने प्रयास भइरहेको बताइएको छ। तर, शुक्रबारदेखि नै घटनाको विषयमा प्रहरी जानकार छ। पीडित बालिकाकी आमासहित स्थानीयवासीले प्रहरी चौकी कोईलाडी बरसाईनमा पुगेर समस्या सुनाएका थिए। शनिबार बिहान करिब ८ बजे दुवै पक्षबीच छलफल समेत भएको थियो। तर, सहमति बन्न नसकेपछि आईतबारदेखि पीडित पक्ष जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा छन्। तर बालिकाको तर्फबाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए।
‘बलात्कार हो वा बलात्कार उद्योग मात्रै हो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’रिमालले भने,‘मंगलबार पीडित परिवारले जाहेरी दर्ता गर्ने भनेका छन्, त्यसपछि प्रहरीले थप कदम अघि सार्छ।’
प्रहरीले सोधपुछका लागि एक महिलालाई नियन्त्रणमा लिएको छ। तिनै महिलाले फकाएर बालिकालाई मजदुरीमा लगेको पीडित परिवारले कोइलाडी प्रहरी चौकीमा बताएका छन्। बालिका विगत सात दिनदेखि उक्त भवन निर्माणमा खटिएकी थिईन्।
‘उनले नै (पक्राउ महिला) आफूलाई जबरजस्ति मदिरा खुवाएको बालिकाले बताएकी छिन्,’ चौकीका एक प्रहरीले भने,‘उनकै योजनामा सबै घटना भएको हुन सक्छ।’
भुत लागेको नाटक
घटनालाई दबाउन खोज्दा सार्वजनिक हुन समय लागेको प्रहरीहरु नै बताउँछन्। घटना भएको दिन प्रहरीलाई जानकारी नदिन परिवारका सदस्यले बालिकालाई भुत लागेकाले धामीलाई देखाउन हिडेको भन्दै ढाँटेको प्रहरीको दाबी छ।
'गत बुधबार राती करिब ११ बजे एक हुल मान्छे सडकमा निस्किए। हामी गस्तीमा भएकाले के भयो भनेर सोध्यौं,’ एक प्रहरी भन्छन्,‘बालिकालाई भुत लागेकाले धामीकोमा लान आँटेको भनेपछि हामीले नै अस्पताल लाने सल्लाह दियौं।’
- धनुषा बिस्फोटः आइतबार धनुषाका संस्थागत विद्यालय बन्द हुने
- धनुषा बिस्फोटः छानबिन समितिले सुरु गर्यो अनुसन्धान
- निर्देशक समाजमा रक्षासिंह राणा
- कांग्रेसको चाक्सीबारी छलफलः आफ्ना विषय सम्बोधन नभए केन्द्रीय समिति बैठक बहिष्कार गर्ने पौडेल पक्षको अडान
- धनुषा बम बिस्फोटका तीनै मृतकको दाहसंस्कार
- बँदेलको आक्रमणमा महिलाको मृत्यु, हात्तीको आक्रमणबाट वृद्ध घाईते
- नेपाल लाइभ समाचार [भिडियो]
- डडेलधुरामा हिमपात [फोटो फिचर]
- कलाकार दीपक क्षेत्रीको निधन
- हे भगवान, राजनीति नपसोस्: सन्दुक रुइत
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]
- ‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’
- बुटवलको मोतीपुरमा चार पाँग्रे सवारी उत्पादन उद्योग खोल्न १२ अर्ब कोरीयाली लगानी स्वीकृत
- पास बिनाका दर्शक छिराउने प्रहरीको फोटो खिच्दा पत्रकार कुटिए