काठमाडौँ- राष्ट्रिय सुरक्षा र प्रतिरक्षामा आवश्यक नीति तथा रणनीतिहरु निर्माण दक्ष जनशक्ति तयार गर्ने उदेश्यले स्थापना गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना भएको छ।
नेपाली सेनाका अनुसार सैनिक मुख्यालय जंगी अड्डामा आवश्यक जनशक्तिसहित राष्ट्रिय प्रतिरक्षा विश्वीविद्यालयको सम्पर्क कार्यालय स्थापना भएको हो।
विश्वका विभिन्न राष्ट«हरुले आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढिकरणका लागि आफ्नो राष्ट्रिय आवश्यकता र महत्वलाई दृष्टिगत गरी आफ्नै विशिष्ट परिवेश र राष्ट्रिय हित अनुकूल र आफ्नै रणनीतिक संस्कार बमोजिम अध्ययन, अनुसन्धान र अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय तथा राष्ट्रिय युद्ध महा विद्यालय जस्ता उच्च प्राज्ञिक संस्थाहरु स्थापना गर्ने गरेको भन्दै सेनाले त्यही अनुरुप नेपालमा पनि स्थापना गर्न लागेको बताएको छ।
सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा समेत उक्त विश्वविद्यालय गर्ने विषय समावेश गरिएको छ।
सेनाले केही महिनाअघि विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा छलफल समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।