• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

वैदेशिक रोजगार : यस्ता समस्या भोग्न बाध्य छन् नेपाली कामदार

64x64
नेपाल लाइभ सोमबार, असार २३, २०७६  १८:५१
1140x725

काठमाडौं- धनुषा जिल्ला वेदह नगरपालिकाका रोशन प्रमानीले सोमबार प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी)लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा कतारमा आफूले भोगेको पीडा सुनाउन सुरु गरे। 

'कतारमा यस्तो समस्या छ सर/म्याडम...'

उनको गति अघि बढी रह्यो विदेशी भूमिमा भोगेका पीडा सुनाउन शब्द खर्चिरहे। उनी ९ महिना अगाडी रोजगारीका लागि कतारको अल्कारिम मुसलमान कम्पनीमा लेबर कामका लागि पुगेका थिए। 

रोजगारीका लागि नेपालको मदिना खालिफा म्यानपावर कम्पनीबाट कतार पुगेका उनलाई श्रम गरेबापत् तलब समेत पूरा दिइएन।

९ महिना कतार बसेका उनले सुरुमा ४ महिनाको मात्र तलब पाए। साहुसँग हारगुहार गर्दा पछि २ महिनाको तलब थपियो। उनले काम गरेका ३ महिनाको तलब पाएनन्। 

‘खान पनि दिँदैन थियो, बस्ने ठाउँ पनि राम्रो थिएन, सीआइडीको सहयोगमा घरबाट ऋण पैसा मगाएर नेपाल फर्किएँ,’प्रमानीले सुनाए। 

खान पनि आफ्नै पैसा खर्च गर्नुपर्ने, तलब पनि कम्पनीले नदिने गरेपछि ३ महिना उनी कतारमा अलपत्र परे। 

‘कतारको श्रमिक अदालत, दूतावासमा कहाँकहाँ धाइनँ?’ जताजता धाएपनि ३ महिनाको तलब पनि पाइनँ, खानबस्न समस्या भएपछि म फर्किएँ,’उनले सुनाए। प्रमानी जुलाई १ मा नेपाल फर्किएका हुन्। 'साहुको सय कडा तीन छ। कसरी तिर्ने?’ उनलाई चिन्ताले सताएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

लेखपढ गर्न नजान्दा समस्या 
सर्लाही ब्रम्हपुरी-३ का सोमन शाह रौनियारले विदेशमा भोगेको समस्या पनि कम पीडादायी छैन। उनी सन् ३ सेप्टेम्बर २०१५ मा रोजगारीका लागि साउदी पुगेका थिए। 

उनी कोसमस नेपाल ह्युमेन रिसोर्सेस प्रालिमार्फत उनलाई सेल्सम्यान कामका लागि साउदी पुगेका थिए। हिन्दी भाषा मात्रै बोल्न जान्ने सोमनलाई अक्षर पढ्न मुस्किल छ। 

सामान्य लेखपढ गर्न समेत नजान्ने सोमनलाई म्यानपावर कम्पनीले कृषि कामका लागि पठाएर पनि सेल्सम्यानमा काम भएको बताएको थियो। सेल्सम्यान कामका लागि गएका उनलाई साउदीको जंगलमा पुर्याइयो। 

करारनामा पत्रमा पनि सोमनको काम कृषि नै उल्लेख छ। उनी लेखपढ गर्न नजान्ने भएकै कारण सुपरमार्केटमा सेल्सम्यानको काम भनेर ढाँटेको थियो। सेल्सम्यानको काम भनेर साउदी पुगेका उनले जंगल पुग्नुपर्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तलब मासिक १ हजार साउदी रियाल बताइएको थियो। करार अवधि २ वर्षको। उँट चराउने, ट्याक्टर चलाउने, बाख्रा चराउने, तरकारी खेतीको लगायत काम गर्नुपर्ने थियो। ‘सेल्स म्यान भनेर पुगेको म मलाई मजरा (कृषिमा) काम लगाइयो, ४० महिना काम गर्दा २८ महिनाको मात्रै तलब दियो,’सोमनले गुनासो गरे।

‘१२ हजार रियाल तलब उनले लिएकै छैनन्। उनीसँगै साउदीको मजरामा ६ जना अन्य नेपाली पनि कार्यरत थिए। सबैको करार अवधि सकिएपछि पनि नेपाल आउन दिएको थिएन। २ जना भागेर गए। ४ जना सोही ठाउँमा बिना तलब काम गरिरहेका छन्,’ सोमनले भने। सोमन भने साहुको मन जितेर १२ महिनाको तलब नलिई नेपाल फर्किए। 

अकामा नबनाइदिँदा अवैध 
आप्रवासी कामदारहरुका लागि परिचय पत्र 'अकामा'समेत नबनाइदिने समस्या साउदीमा रहेको फर्किएका कामदार बताउँछन्। विदेशी कामदारको परिचयपत्र नहुँदा उनीहरु अवैध ठहर्छन् र प्रहरीको फन्दामा पर्छन्। अकामा नभएकै कारण कतिपय नेपाली कामदार बिना गल्ती जेलजीवन बिताउन बाध्य हुन्छन्। 

‘कम्पनीले अकामा बनाइदिँदैन, हामी निर्दोष कामदार जेल बस्नुपर्ने हुन्छ,’साउदीबाट फर्किएका सोमनले सुनाए। 

कम्पनी सञ्चालकको लापरबाहीले समस्या
मोरङ विराटनगरका दिनेश खड्का २९ वर्षका भए। २०७३ साल असार १६ गते निकै मीठो सपना लिएर मलेसिया उडेका थिए। 

मिथिला म्यानपावर कम्पनीमार्फत् रोजगारीका लागि फर्निचर कम्पनीमा काम भनेर मलेसिया पुगेका उनलाई मलेसियाको वक्का (होमपाइप) बनाउने कम्पनीमा पुर्याइयो। तलब भने भनेजति नै थियो उनको। तलब मासिक ९ सय मलेसियन रिंगिट र ओभरटाइम गरेर १८ सय कमाउँथे। 

काम गर्न थालेको २ वर्षपछि उनको कम्पनीको मालिक परिवर्तन भयो। मालिक परिवर्तन भएसँगै उनले पहिलेजस्तो सेवासुविधा पाएनन्। 

म्यानपावरलाई मात्रै १ लाख ४० हजार तिरेर मलेसिया पुगेका उनको दुई लाखभन्दा बढी ऋण थियो। २ वर्षसम्म कमाएको रकम ऋण तिर्न र घर खर्चका लागि पठाइसकेका थिए। 

'आफ्नो साथमा पैसा पनि थिएन, मालिक परिवर्तन भएपछि कम्पनीको साहुले तलब पनि दिएन। म्यानपावरमा खबर गर्दा कुनैपनि सहयोग पाइनँ,' उनले सुनाए। केही महिना बिना तलब काम गरेर २०७५ माथ २७ गते दिनेश खड्का नेपाल फर्किए। 

वैदेशिक रोजगारीका लागि मलेसियालगायत विभिन्न खाडी मुलुकमा दैनिक १ हजारभन्दा बढी युवा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट बाहिरिन्छन्। 

रोजगारीका लागि दैनिक हजारभन्दा बढी संख्यामा विदेशिने नेपाली कामदारमध्ये पनि थुप्रै कामदार भनेजस्तो काम तलब वा सेवा सुविधा नपाएर फर्कन बाध्य छन्। 

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा एक वर्षको अवधि (सन् २०१८) मा मात्रै १ हजार २ सयभन्दा बढी वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेर फर्किएका युवाले उजुरी गरेका छन्। जसमध्ये ५ सय उजुरीहरु फरफारक भइसकेका छन्। 

दुबई, कतार, मलेसिया, साउदी, कुवेतलगायत अन्य विभिन्न मुलुकमा समस्यामा परेका कामदारलाई उद्धारका लागि पिएनसिसीले समन्वय गर्दै आएको छ। 

कामदारहरु बिना गल्ती जेलमा पर्ने, पारिश्रमिक नपाउने, बिना गल्ती कामबाट निस्काशन हुने, करारनामा प्रतिस्थापन, बाध्यकारी श्रम, बसोबास व्यवस्थापनमा समस्या, आप्रवासी परिचयपत्र नपाउने, फरक काम तथा पारिश्रमिकलगायतका जटिल समस्यामा रहेको पिएनसिसीले जनाएको छ। 

पीएनसीसीले विदेशमा विभिन्न समस्यामा परेका कामदारहरुलाई उद्धारका लागि समन्वय गर्दै आएको छ। 

पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले रोजगारीका लागि खाडी लगायत मुलुकमा पुगेका कामदार जटिल समस्यामा रहेकाले यस्ता समस्या निराकरणका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरुले पहल गर्नुपर्ने बताए। 

वैदेशिक रोजगारीमा जानु अघि नै कामदार ठगिन सक्ने सम्भावना अध्ययन गरी संयमितता अपनाउनुपर्नेमा अध्यक्ष कार्कीले जोड दिए। 

‘साउदी अरबमा नेपाली कामदारलाई दुख दिने, थुनेर काम लगाउने लगायत भिसा पठाएबापत अनावश्यक रकम लिने जस्ता समस्या थिए, अहिले सो समस्या केही कम भएको भनिएको छ,’अध्यक्ष कार्कीले भने। 

नेपाली कामदारका समस्या समाधान गर्न विदेशस्थित रोजगारदाता कम्पनी निरीक्षण गरिनुपर्ने, र म्यानपावर कम्पनीलाई श्रमिकका समस्या प्रति उत्तरदायी बनाउनुपर्ने अध्यक्ष कार्कीले बताए।

प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्