काठमाडौं– नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले सोमबार नक्कली सुन देखाएर ठगी गर्ने ५ जनालाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा चितवनको भरतपुर महागरपालिका–८ घर भई ललितपुर नख्खु बस्ने ३९ वर्षीया टिनु घिमिरे पन्त, काठमाडौं–३० की ३४ वर्षीया सस्मिता आचार्य, सिन्धुपाल्चोकको बालचोक गाउँपालिका घर भई बौद्ध बस्ने २२ वर्षीय उमेश सुनार, सुनसरीको इनरुवा नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने ३४ वर्षीय जीवन धामी चौधरी र गोरखाको चमनुब्री गाउँपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने ६५ वर्षीया जाम्मु लामा छन्।
नक्कली सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महाशाखाबाट खटिएको टोलीले बौद्धको पिपलबोटस्थित एमएस ज्वेलर्समा नक्कली सुन लुकाएर राखेको अवस्थामा सुनसहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले स्वीस १ किलो फाइन गोल्ड ९९९.९ सि २५३७७४ लेखिएको नक्कली सुनको बिस्कुटसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।