डडेल्धुरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्।
डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन्।
सोमबार बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गाँउबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।